त्रिशूली । नेकपा एमाले नुवाकोटको यही पुस २३ गते हुने जिल्ला अधिवेशनको तयारी अघि बढेको छ । पाटी कार्यालय विदुरमा आइतबार बसेको नेकपा (एमाले) नुवाकोटको १८औँ जिल्ला कमिटीको बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न ६ वटा समिति गठन गरेको जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । उहाँको अनुसार जिल्ला अधिवेशनको तयारीको लागी गठन गरिएको समितिहरुमा आवास तथा खाद्य समिति, प्रचारप्रसार समिति, आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, प्रतिनिधि व्यवस्थापन समिति, स्वयंसेवक व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति रहेका छन ।
आवास तथा खाद्य समितिको संयोजकः विष्णु लोहनी, प्रचारप्रसार समितिको संयोजकः बद्री मैनाली, आर्थिक समितिको संयोजकः काशिराज अधिकारी, मञ्च व्यवस्थापन समितिको संयोजकः दीपक कायस्थ, प्रतिनिधि व्यवस्थापन समितिको संयोजकः बुद्धि प्रधान, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकः राजु तिवारी, प्रतिवेदन लेखन समितिको संयोजकः नारायणप्रसाद खतिवडा रहनुभएको छ ।
जिल्ला अधिवेशनमा २६० सदस्य रहेको जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिने भएको छ । त्यसको लागी यही पुस १७ गते ८८ वटा वडामा एकै दिन जिल्ला प्रतिनिधि छनोट गर्न लागिएको हो ।
आवास तथा खाद्य समिति
संयोजकः विष्णु लोहनी
सदस्यः सुदर्शन नेपाल, नारायण घिमिरे, गीता दाहाल, लेनिन रञ्जित, नविन प्रधान, राजेन्द्र रिजाल, टलकमान श्रेष्ठ, सुमन पाठक, शिव चित्रकार, सञ्जिव श्रेष्ठ, दामोदर नेपाल
प्रचार समिति
संयोजकः बद्री मैनाली
सदस्यः शरण उत्सुक, माधव तिवारी, नारायण बस्नेत, देवचन्द्र भट्ट, विष्णु तारुके, नवदीप अजनवी, बच्चुमाया सुनारी मगर, कल्पना न्यौपाने, श्रीकृष्ण खतिवडा, श्याम लामा, राजु तिवारी
आर्थिक समिति
संयोजकः काशिराज अधिकारी
सदस्यः सञ्जु पण्डित, राजेन्द्ररमण खनाल, पूर्णलाल श्रेष्ठ, रमेश वस्ती, रोजिना राई, रमेश श्रेष्ठ, शिवराम थापा, शनि चित्रकार, सीताराम अर्याल, तोयानाथ तिमल्सिना, अनन्त नेपाल, पशुपति लोहनी, अम्बिाका तामाङ, भोजप्रसाद पुडासैनी, बाबुराम गजुरेल, पूर्णबहादुर त्रिपाठी, रामहरि पाण्डे, डिल्लीराम सिलवाल
मञ्च व्यवस्थापन समिति
संयोजकः दीपक कायस्थ
सदस्यः निलमबाबु ढुंगेल, राजकुमार श्रेष्ठ, विवेक घिमिरे, राजन ढकाल
प्रतिनिधि व्यवस्थापन समिति
संयोजकः बुद्धि प्रधान
सदस्यः विष्णु लोहनी, गणेश श्रेष्ठ, अरुण श्रेष्ठ, यम खतिवडा, राजेन्द्र प्रकाश पाण्डे, दीपक कार्की, निर्मला अधिकारी, हरि अधिकारी, नवराज ढुंगाना, समर आले, निलकण्ठ आचार्य
स्वयंसेवक व्यवस्थापन समिति
संयोजकः राजु तिवारी
सदस्यः प्रज्वल सापकोटा, हरिहर सिलवाल, श्रीकृष्ण खतिवडा, सुरेश श्रेष्ठ, सुरेश चित्रकार, राजु लामा, दिपेन्द्र तामाङ, नविना थापा, रामचन्द्र श्रेष्ठ, डोलबहादुर तामाङ, दीपेश खड्का, सरस्वती थापा
प्रतिवेदन लेखन समिति
संयोजकः नारायण खतिवडा
सदस्यः रामशरण प्याकुरेल, ठाकुर गजुरेल, ठाकुर पुडासैनी, रमहरि रिमाल, बलराम आचार्य, वासु कडुवाल

प्रतिनिधि छनोटको लागि तीन आधार तय गरिएको नुवाकोट इञ्चार्ज बिन्दा ढुङ्गानाले जानकारी दिनुभएको छ । उहाँको अनुसार खुला २५ बराबर १ प्रतिनिधि, महिला २० बराबर १ प्रतिनिधि चयन गर्ने पाटीको बिधानमा उल्लेख गरिएको छ ।
यस्तै दलित १५ बराबर १ प्रतनिधि हुने र त्यसमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने र भुगोल पालिकालाई कायम गरिने भएको छ । २३ गते हुने जिल्ला अधिवेशनको लागी दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएकाले नेतृत्व चयनको लागी निर्वाचनसम्मको तयारी गरिएको छ ।

26.12¡ÆC