राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

पुस २, २०७८ मा प्रकाशित | 662 views

काठमाडौँ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ ।

प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता छन् ।

प्रदेश-१ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरको प्रदेश निर्वाचन कार्यालय र प्रदेश सभा सदस्यहरुका लागि बाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ ।

त्यस्तै प्रदेश-२ का लागि महेन्द्र नारायण निधि भवन, वाग्मती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले यही १० गतेसम्म दल दर्ता गर्न सक्ने छन् । आउँदाे फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि माघ १२ गते चुनाव हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web