उपसभापतिको मतपरिणाममा गच्छदारको असहमति

पुस १, २०७८ मा प्रकाशित | 399 views

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतपरिणाममा शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदारले असहमति जनाएका छन् ।

शेखर कोइराला पक्षका धनराज गुरुङसँग दुई मतान्तरले पराजित भएको जानकारी पाएपछि उनले आफू मतगणना स्थलमा नै आउने भनी आफ्ना प्रतिनिधिलाई जानकारी गराएका छन् ।

निर्वाचन समिति स्रोतका अनुसार गच्छदार मतगणनास्थल पार्टी कार्यालयमा आउँदै गरेकाले मत परिणामको आधिकारिक घोषणा गरिएको छैन । यसअघि मतगणना सकिएपछि निर्वाचन समितिले उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएको भनी अनौपचारिक रुपमा जानकारी गराएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web