साढे नौ बजेपछि मतगणना सुरु गरिने, राति १ बजेसम्म नतिजा आउने

मंसिर २८, २०७८ मा प्रकाशित
Published at 2021-12-14

254 views

काठमाडौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना मंगलबार राति साढे ९ बजेपछि हुने भएको छ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केवश रिजालले राति ८ बजे मतदान सकिने अनुमानसहित साढे नौ बजेपछि मतगणना हुने जानकारी दिनुभयो ।

मतगणनाको नतिजा बुधबार बिहान १ बजेसम्म आइसक्ने उहाँले बताउनुभयो ।

सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । सभापति पदका लागि प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।

पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।

काँग्रेस सभापतिको दोस्रो चरणको मतदान : चार हजार मत खस्यो
सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार जारी सभापतिमा दोस्रो चरणको मतदान प्रक्रियामा ६: ३० बजेसम्म हजार मत खसेको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता केशव रिजालले हालसम्म करिब चार हजारको हाराहारीमा मत खसेको जानकारी दिनुभयो । ‘अब ५, ६ सयको मतदान हुन बाँकी छ । हामी समयमै मतदान प्रक्रिया सक्छौं’, रिजालले भन्नुभयो ।

काँग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो । पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.