कोरोनाको खोपमा पनि घुस !

मंसिर २८, २०७८ मा प्रकाशित | 387 views

काठमाडौ । सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाइ दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साहले हेल्थ असिस्टेन्टमा अध्ययनरत विद्यार्थी कृष्णाकुमार यादवलाई परिचालन गरी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए ।

निःशुल्क रूपमा उपलब्ध हुने कोरोनाको खोप लगाउन घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गालबाट गएको टोलीले जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web