सोलार आयोजनामा तालाबन्दी, निर्माणको काम रोकियो

मंसिर २७, २०७८ मा प्रकाशित | 403 views

त्रिशूली । नुवाकोटमा निर्माणाधिन ग्रिडमा आवद्ध सोलार आयोजनाको कार्यालयमा युवा संघर्ष समितिले ताला लगाएसगैँ काम बन्द भएको छ । समितिले आफ्ना माग पूरा गर्नको लागी भन्दै दबाब स्वरुप आइतबार विदुर नगरपालिका–६ स्थित आयोजनाको कार्यालयमा ताला लगाएका थिए ।
सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरागर्न दिएको समयमा आयोजनाले वेवास्था गरेको भन्दै विदुर नगरपालिका वडा नं. १२ का युवाहरु सम्मिलित युवा संघर्ष समितिले कार्यालयको मूल ढोकामा ताला लगाएको हो ।

No description available.

यसअघि पटक–पटक भएको सहमति अनुसार गत मंसिर १० गते माग पूरागर्न दिएको १५ दिनको समयसीमा आयोजनाले अटेर गरेकाले कार्यालयमा ताला लगाएको समितिका संयोजक रोजिना ढुङ्गानाले जानकारी दिनुभयो । उहाँको अनुसार विदुर नपा वडा नं. ६ को ब्यारेक चोकदेखि वडा नं १२ को ज्यामिरेमोडसम्मको सडक स्तरउन्नती तथा कालोपत्रे गर्ने काम सुरु गर्न आग्रह गरिएकोमा नगरेकाले तालाबन्दी गरिएको हो ।

“जनप्रतिनिधिको उपस्थितीमा आयोजनाले जनाएको जिम्मेवारी पूरागर्न वेवास्था गरेसगैँ कार्यालयमा ताला लगाउन बाध्य भएका हौ ।” संयोजक ढुङ्गानाले भन्नुभयो “आयोजनाले सामाजिक उत्तरदायित्वको काम गर्न बजेट सुनिश्चित गरेपनि कार्यान्वयमा ढिलो गरकाले ताली लगाएर काम रोकिएको हो ।”

No description available.
युवा संघर्ष समिति सहित सोलार सरोकार समिति सहितको उक्त क्षेत्रका विभिन्न संघसस्था र समितिले आयोजनाको पहुँच मार्गमा पर्ने ब्यारेक चोकदेखि ज्यामिरे मोडसम्मको करीब पाच किलोमिटर सडक कालोपत्रेको माग राख्दै आएका छन् ।

No description available.
आयोजनाको कार्यालयमा ताला लगाएसगै जारी रहेको सोलार ग्रिडको निर्माणको काम प्रभावित भएको आयोजना प्रमुख विकास रघुबंशीले जानकारी दिनुभयो । उहाँको अनुसार स्थानीयबासीको माग जायज भएपनि शान्तिपूर्ण प्रक्रियाको सट्टा तालाबन्दीले योजनाको निर्माणलाई थप ढिलो भएको छ । “सामाजिक उत्तरदायित्वका योजनाहरु कार्यान्वयनका लागी बजेट सुनिश्चितको क्रममा रहेको छ ।” उहाँले भन्नुभयो “एक महिनाभित्रै काम अघि बढाउन केन्द्रबाट बजेट प्राप्त हुने चरणमा रहेको छ ।”
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट जल विद्युत केन्द्रको नाममा रहेको खाली जग्गामा निर्माण थालिएको सोलार प्याण्ट मार्फत २५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ । आयोजनाबाट हालसम्म १० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौतामा काम भइरहेको हो । उक्त सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले पाँच वर्षसम्म गर्ने जनाएको छ ।
कम्पनीले पाच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने उल्लेख छ । कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट विद्युत उत्पादन गर्नुपर्ने सम्झौतामा भनिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web