कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

मंसिर २५, २०७८ मा प्रकाशित | 422 views

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web