कालिकास्थान ।नेपाल कम्युनिस्ट पार्टी रसुवाको चौथौ पुर्ण बैठक जिल्ला सेक्रेटरी विराजको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रिय सदस्य तथा नुवाकोट रसुवा इन्चार्ज विन्दुको प्रमुख अतिथ्यतामा विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कालिकास्थानमा यही मंसिर १९ मा सम्पन्न भएको बैठकमा इन्चार्ज बिन्दुले पार्टीको आगामी योजना र समसमियक राष्ट्रिय राजनीतिको बिषयमा प्रष्ट पर्दै प्रशिक्षित गर्नु भयो । वैज्ञानिक समाजवाद संसारकै सबैभन्दा उत्कृष्ट ब्यवस्था हुँदा हुँदै पनि मान्छेहरु समसदिय पुजीवादको पछी लग्नु क्रान्तिकारीहरुको लागि अनुसन्धानको विषय भएको बताउदै सत्य कुराको अवस्य जित हुने बताउनु भयो ।
बैठकमा जिल्ला सेक्रेटरी क।विराजले पेश गरेको आगामी योजनाहरु एक मतले पारीत गरियो । जस्मा दुई महीने साङ्गठनिक अभियान संचालन गर्ने । पुष ३ गते भव्यरुपमा युवाको जिल्ला सम्मेलन गर्ने । माघ मसन्ता भित्र सबै पालिकाहरुको अधिवेशन र प्रमुख जवसहरुको जिल्ला सम्मेलन गर्ने। रातो हिमाल नामक पत्रीका प्राकशन गर्ने ।
दलाल ,भ्रष्ट्र, तस्कर, कालोबजारी, कमिसन खोर र गुण्डागर्दी जलमाफिया, भुमाफिया एवं विक्रिति, विसंगति विरुद्ध शस्क्त जन प्रतिरोध गर्ने साथै वैज्ञानिक समाजवाद र जनमत संग्रहको पक्षमा आम उत्पिडीत वर्ग समुदायलाई गोलबद्ध गर्दै एकीकृत जनक्रान्ति मार्फत जनताको व्यवस्था ल्याउन संघर्ष गर्ने लगाएतका निर्णय गरिएको युवा संगठन नेपालको केन्द्रीय सदस्य एंव रसुवा युवा इन्चार्ज जीवन जीवन तामाङले जानकारी दिनुभयो ।


20.12¡ÆC