नौलो गेटअपमा प्रस्तुत हुँदै मलिका महत (फोटो सहित)

मंसिर १२, २०७८ मा प्रकाशित
Published at 2021-11-28

810 views

काठमाडौ । थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति “नजर झुकेझैँ लाग्यो" बोलको गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरुले देख्न पाउनु हुनेछ ।
सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको "नजर झुकेझैँ लाग्यो" बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ । राजेश पुमा राईको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया र अथाह स्नेह पाउने अपेक्षा पनि गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.