सोमप्रसाद पाण्डे
वि.न.पा.–१, नुवाकोट ।
किन नेपाली कांग्रेसले आफूभित्रै यति ठूलो रणाको मच्चायर तमासा देखाएको छ, यसबाट भविष्यमा हुने निर्वाचनलाई असर गर्दैन र ? आज यी सवालहरु उठेका छन् । कांग्रेस घात अन्तरघात चलाई रहने पार्टी हो, अब आफैंमा यत्रो धुनदान चयालयपछि कांगेसको भविष्य छैन यस्ता तर्कहरु पनि उठेका छन् । यी सवालहरु भन्न मिल्ने र पत्याउनेले पत्याई दिन पनि मिल्ला, हिजो कतैकतै अपवादको रुपमा आफ्ना निजी कुण्ठाहरु व्यक्त भए पनि होलान् यो व्यक्तिगत उद्वेगको कारण देखिने निजी समस्या हो । यी र यस्तै पार्टीभित्र देखिने यावत समस्यालाई आन्तरिक प्रतिनिधि छनोट गर्ने अवसर पारेर कांगे्रसले आफ्ना कार्यकर्तालाई निर्वाचन कौशल सिकाइरहेको छ ।
यस्तो निर्वाचन अभ्यासबारे कांग्रेस कार्यकर्तालाई जागरुक गराउनु अति आवश्यक भैसकेको थियो, विगत निर्वाचनलाई फर्केर हेर्दा निर्वाचनको मैदानमा कांग्रेस कार्यकर्ता शिथिल देखिन्थे उसका प्रचारशैलीहरु बोधो बनिसकेको थियो, रणनैतिक तिकदम् विर्सिसकेको थियो, पार्टीको एजेन्ट बस्न पनि कार्यकर्ता लजाउन खोज्दथ्यो, ओठे भक्ति र कोठे खास खुस नै निर्वाचन कला हो भन्ने मनस्थिति बोकेको कांग्रेसलाई यो निर्वाचन अभ्यासले जुझारु कांग्रेस, समझदार कांग्रेस, निर्वाचन युद्धकला निपूर्ण कांग्रेस तयार पार्ने रणनैतिक सिद्धान्तबाट अभिप्रेरित रहेको छ ।
निकट भविष्यमा हुने तिनै तहको निर्वाचन कसरी कांग्रेसको पक्षमा ल्याउन सकिएला भनेर कांग्रेस परष्पर निर्वाचन अभ्यासमा जुटेको छ । सेनाले युद्ध विजयको लागि अनेक कला कौशलका साथ युद्ध अभ्यास गरे जस्तै, विगत निर्वाचनमा पराजय बेहोरेर निरास बनेका आफ्ना कार्यकर्ताहरुलाई सशक्त, जुझारु र निर्वाचनको अनेक अभ्यासहरु यथार्थ रुपमा सिकाइरहेको छ, कतै सहमतिको अभ्यास, कतै बराबर शक्ति सन्तुलनको अभ्यास, कतै पुरै पराजयको अभ्यास, कतै जितै जितको उल्लासमय उद्घोष यी सबै धरातलीय सिकाईबाट कांग्रेस निर्वाचन अभ्यासबाट परिपोषित भएर उत्रिन्छ भन्ने दृढ विश्वास नेपाली कांग्रेसले लिएको छ ।
एउटै आदर्श र सिद्धान्त मान्ने कांगे्रसहरु एकै परिवारका सदस्य हुन् । उनीहरुमा पारिवारिक भाव छँदै छ तर लोकतन्त्रका पक्षपाति कांग्रेसहरु आफूले प्रतिपादन गरेको लोकतान्त्रिक पद्धतिको अब्बल प्रदर्शन गरिराखेका छन् यो नेपाली कांगे्रसको मूल चरित्र हो ।
कांग्रेसलाई माया गर्ने कतिपयलाई लागेको होला कांग्रेस मिलेको भए राम्रो हुन्थ्यो, चुनाव आइसकेको छ, बिग्रिन्छ कि यो सोझो चिन्ता स्वभाविक हो तर यथार्थ अर्कै छ । के कांग्रेस मिल्नै नसकेको हो त ? यत्रो ठूलो हार र जितको श्रृंखला किन गरे, यसो गर्दा भोलि नोक्सान हुँदैन ? यो सोझो मान्छेको सिधा कुरा, कांग्रेस जितोस भन्ने चाहनाको कुरा यो तपाईको चिन्ता पनि ठीक छ कांग्रेस अहिले मिलेकै छ, तपाईंले भने जसरी मिलाएर राख्दा कार्यकर्ता बोधा हुन्छन् बोधो हतियार प्रयोग गर्दा काट्दैन आगामी निर्वाचनको लागि उजिल्याएको हो ।
अहिले राष्ट्रको सर्वाेच्च स्थिति हेर्नाेस् कांग्रेस सकियो भन्थे, कांग्रेसले प्राप्त गरेको सिट हेर्ने हो भने कांग्रेस सरकारको कल्पनै गर्न सकिँदैनथ्यो तर कांगे्रस नेतृत्वले राज्य सत्ता समालेको छ, कस्ता कस्ता शक्ति मिलाएको छ । आफ्ना कार्यकर्ता मिलाउन सक्तैनथ्यो, अवस्य सक्नदथ्यो, मित्रहरु आज आवश्यकता छ निर्वाचन युद्ध अभ्यासको यो आन्तरिक निर्वाचन अभ्यासबाट कांग्रेसले आउँदो निर्वाचनमा उच्चतम् सफलताको शिखर चुम्दै छ ।
आन्तरिक निर्वाचन समाप्तिपछि कसरी निर्वाचनमा सफलता प्राप्त हुँदोरहेछ के कारण पराजय हुँदोरहेछ यो व्यवहारिक तथ्य बुझेका कार्यकर्ताहरुलाई समीक्षात्मक गोष्ठी संचालन गरी आउँदो निर्वाचनमा सुसंगठित निर्वाचन प्रशिक्षित कार्यकर्ता उतार्नेछ र आफ्नो पक्षमा विजय सुनिश्चित गर्नेछ ।
यसैको लागि कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेको उनीहरुलाई निर्वाचन अभ्यास गराएर प्रशिक्षित गराउन पनि थियो, समयसँगै कांग्रेसले यो अवसर गुमाउन पनि चाहेन । कांग्रेसले अब कांग्रेसका निर्वाचन प्रशिक्षित यूवा र युवतीहरु सशक्त रुपबाट आउँदो तिनै तहको निर्वाचनमा सामेल हुनेछन् र काग्रेसको भविष्य सुनिश्चित गर्नेछन, यही आन्तरिक निर्वाचन युद्ध अभ्यासले पाठ सिकाएको छ । जय नेपाल
सोमप्रसाद पाण्डे
वि.न.पा.–१, नुवाकोट
17.12¡ÆC