एक लाख ५० हजार रुपैयाँ घुससहित दुई वडा सदस्य पक्राउ

कार्तिक ३०, २०७८ मा प्रकाशित | 412 views

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाबाट एक लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई वडा सदस्य पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्यहरू सोनलाल साह र उमेश रायलाई एक लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासबाट खटेको टोलीले साेमवार पक्राउ गरेको हो ।

ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत घुस लिन लागेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web