विराटनगर । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले आजै दिउँसो शपथग्रहण गर्नेछन् ।
सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । सोमबार नै पाँच दलीय गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मंगलबार एक बजेसम्म दाबी पेस गर्ने समय भएका कारण त्यसपछि मात्रै शपथग्रहण गर्ने तयारी छ । मुख्यमन्त्रीसँगै गठबन्धनको तर्फबाट केही सांसदले शपथग्रहण गर्नेछन् । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सानो आकारको मन्त्रीमण्डल बन्ने बताए ।
19.12¡ÆC