टिकापुर अस्पतालबाट १७९ जनाले कोरोना जितेर स्वस्थ्य भए, विशेषज्ञ सेवा आइतबारदेखि नियमित थालिने

असार ६, २०७८ मा प्रकाशित | 238 views

टीकापुर अस्पतालबाट पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै टीकापुर अस्पतालबाट अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ सय ७९ पुगेको  टीकापुर अस्पतालका प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा.रेमकुमार राईले जानकारी दिनुभयो । अस्पतालमा अहिले १४ जना कोरोनाका लक्षण देखिएका बिरामीहरुको उपचार भइरहेको छ ।

मेसु डा.रेमकुमार राईको अनुसार सक्रमित १४ जना मध्ये ५ जनाको एचडियुमा, ८ कोरोना जनरल वार्डमा र १ जनाको अक्सिजन सहित चिकित्सकको निग्रानीमा उपचार भइरहेको छ । उहाँको अनुसार टीकापुर अस्पतालले असार ६ गते आइतबारदेखि विशेषज्ञ ओपिडी सेवा सूचारु गर्ने भएको छ ।

बैशाख १६ गतेदेखि कोरोना रोगको कारण प्रभावित रहेको सेवा असार ६ गतेदेखि नियमित रुपमा सूचारु गर्न लागिएको र त्यसको जानकारी आमनागरिकलाई गराउन र सबैर्लाय उपचासेवाको पहुँचमा ल्याउनको लागी टीकापुर अस्पतालले सूचना जारी गरेको छ ।

टीकापुर अस्पतालले हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुति रोग, बाल रोग र फेमेली फिजिसिएन विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । सरकारी अस्पतालबाट सहज रुपमा प्रवाह गरेको सेवाबाट आम नागरिकहरुले निकै राम्रो लाभ उठाउदै आएका छन् ।

टिकापुर अस्पतालका प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) वरिष्ठ हाडजोर्नि तथा नशा रोग विशेषज्ञ डा.रेमकुमार राई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web