टी–२० विश्व कप क्रिकेटमा भारत ८ विकेटले पराजित

कार्तिक १५, २०७८ मा प्रकाशित
Published at 2021-11-01

317 views

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सानदार जित निकालेको छ ।

दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

न्युजिल्यान्डका लागि डार्य्ल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए भने कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए । यस्तै, मार्टिन गुप्टीले २० रन जोडे । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाड्याले २३ रन, केएल राहुलले १८ तथा रोहित शर्माले १४, रिसब पन्तले १२ रन र कप्तान विराट कोहली ९ रन बनाए । भारतलाई सस्तैमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिए भने इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १/१ विकेट लिए ।

जितसँगै समूह २ को न्युजिल्यान्डले २ खेलमा २ अङ्क जोडेको छ । जितसँगे दुई अङ्क जोडेको न्युजिल्यान्ड समूहको तेस्रो स्थानमा रहेको छ । अहिलेसम्म दुई खेलमा दुवैमा हार बेहोरको भारतले भने कुनै पनि अङ्क जोड्न सकेको छैन। भारत पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.