एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालको दोस्रो हार

कार्तिक १२, २०७८ मा प्रकाशित | 318 views

काठमाडौँ । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहाेरेकाे छ ।

गएराति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो । ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोट समूह चरणबाटै बाहिरिएको छ ।

ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक/एक गोल गरे । छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तानको भने यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल आइतवार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनिको एसियन कपमा छनोट हुनेछन् । उज्बेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web