नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

कार्तिक ५, २०७८ मा प्रकाशित | 355 views

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बिहीबार जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे ।

श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखको उपस्थिति थियो ।

यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले बिहीबार सम्मान गरेको छ । महासङ्घका अध्यक्ष प्रकाशशम्शेर जङ्गबहादुर राणाले उनलाई सम्मान गरे । यसैगरी वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष कमल तामाङलगायतले मन्त्रालयमा पुगेर श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web