प्रधानमन्त्रीद्वारा बाढीपहिरो प्रभावितलाई थप राहतको व्यवस्था गर्ने प्रतिबद्धता

कार्तिक ४, २०७८ मा प्रकाशित | 347 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित ठाउँको अध्ययन गरेर प्रभावितलाई थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।

आज बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न सुदूरपश्चिम प्रदेश जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले बाढी पहिराेबाट प्रभावित भएकाहरुलाई थप राहतको व्यवस्था गर्ने बताउनु भएकाे हाे ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले पनि ठूलो क्षति बेहाेर्नु परेको भन्दै जलवायु परिवर्तनको असरले गरेको क्षतिको बारेमा अन्तर्राष्ट्रियस्तरमा नेपालको समस्या उठान गर्ने समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web