नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

कार्तिक ४, २०७८ मा प्रकाशित | 430 views

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टीको आसन्न महाधिवेशन र पालिकाका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बस्न लागेको हो ।

गएको असोज १५ गतेदेखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा १० औं महाधिवेशन अर्काे निर्णय नभएमा लुम्बिनी प्रदेशको बुटवलमा हुने घोषणा गरिएकामा त्यस ठाउँ परिवर्तन हुने सङ्केत देखिएको छ ।

वाग्मती प्रदेशको आजको बैठकमा यस प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफूहरू आफ्नो प्रदेशमा महाधिवेशन व्यवस्थापन गर्न तत्पर रहेको उद्घोष गरे पनि अध्यक्ष ओलीले स्थायी कमिटीले यसबारे निर्णय गर्ने जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web