बाढी, पहिरोले चार राजमार्ग अवरुद्ध

कार्तिक २, २०७८ मा प्रकाशित | 394 views

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दीको बेनी गाउँपालिका–४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा मंगलबारदेखि राजमार्ग अवरुद्ध भएको केन्द्रले जनाएको छ ।

यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै अछामको चौपाटी गाउँपालिका–६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ ।

बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका–१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web