नेपाली २३ वर्षमुनिको फुटबल टोली ताजिकिस्तान प्रस्थान

कार्तिक २, २०७८ मा प्रकाशित | 379 views

काठमाडौँ । एएफसी २३ वर्षमुनीको एसियन कप छनोटका लागि नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।

छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका थिए । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो ८ गते अर्थात् अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो ११ अर्थात् अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग आउँदो १४ गते अर्थात् अक्टोबर ३१ मा खेल्नेछ । छनोट अघि नेपालले आउँदो ५ गते अर्थात् अक्टोबर २२ मा इन्डोनेसियाको २३ वर्षमुनिकाे टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web