देशका धेरै ठाउँमा वर्षा, पर्सिदेखि मात्रै मौसममा सुधार हुने

कार्तिक २, २०७८ मा प्रकाशित | 479 views

काठमाडौँ । देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ ।

आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । आज राति र भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । शनिबार रातिदेखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web