खराब मौसमका कारण भारतीय चलचित्र छायाङ्कन टोली लुक्लामै रोकियो

कार्तिक २, २०७८ 2021-10-19 मा प्रकाशित
Published at 2021-10-19

721 views

काठमाडौँ । मौसम प्रतिकूल भएपछि भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टोली लुक्लामा रोकिएको छ । झण्डै ८५ जना चलचित्रकर्मी खुम्बु क्षेत्रमै रोकिएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा ‘उंचाई’ नामक बलिउड चलचित्र छायाङ्कन गर्न आएको टोली हिजो काठमाण्डौ फर्किने कार्यतालिका थियो । तर मौसमका कारण उडान प्रभावित भएको छ । हिजो केही कलाकार फर्किए पनि अरु रोकिएका छन् ।

गएको असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको थियो । भोलि मनाङ प्रस्थान गर्ने कार्यतालिका समेत प्रभावित भएको टोलीका नेपाली चलचित्रकर्मी सुरेश अधिकारीले जानकारी दिनुभयो । लुक्लामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेकाले उडानको सम्भावना कम रहेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.