उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

अशोज २५, २०७८ मा प्रकाशित | 814 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

मौजुदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिमा त्याे मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले आज साेमवार जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web