हैदराबादलाई हराए पनि मुम्बई आईपीएलबाट बाहिरियो

अशोज २३, २०७८ मा प्रकाशित | 400 views

काठमाडौँ । मुम्बई इन्डियन्स आईपीएल क्रिकेटबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले हराए पनि समान १४ अङ्क रहेको कोलकाता भन्दा कम रनरेट भएपछि मुम्बई बाहिरिएको हो ।

कोलकाता भने अघिल्लो चरणमा पुगेको छ । गएराति मुम्बईले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको हैदराबादले आठ विकेट गुमाएर एक सय ९३ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ६९ रन बनाए । यसअघि इशान किसनको ३२ बलमा ८४ र सूर्यकुमार यादवको ४० बलमा ८२ रनको मद्दतमा मुम्बईले दुई सय ३५ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web