बाँके । बाँकेको बैजनाथ गाउँपालिका-१ स्थित दीपज्योति स्कुलका प्रधानाध्यापक ४० वर्षीय दमन पाण्डे पक्राउ परेका छन् ।
जबरजस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए । ‘जिल्ला अदालत, बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत छानबिन भइरहेको छ,’ उनले भने, ‘प्रमाण संकलनको काम अब थालिनेछ ।’
दीपज्योति स्कुलबाट एसईई परीक्षा दिएकी १७ वर्षीया विद्यार्थी एलिसा शाहले ७ साउनमा गभरस्थित घरमा सलको पासोमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । घटनाको एक सातापछि पीडितले दिएको जाहेरीका आधारमा शिक्षक पक्राउ परेका हुन् ।
एलिसाका आफन्त आदर्श मल्लका अनुसार प्रहरीले किरियाकर्म सकेर जाहेरी दिन भनेकाले ढिलो उजुरी परेको हो । उनी भन्छन्, ‘काम सकेर आए सहज हुने भनिएपछि ढिला जाहेरी दिइएको हो ।’
24.34¡ÆC