काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८६ रनले हराएको छ ।
गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटियो । यस अघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
हिजो भएको अर्को खेलमा पञ्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।
17.12¡ÆC