प्याडमा कर लिएको विरोधमा बसन्तपुरमा प्रदर्शन

अशोज २०, २०७८ मा प्रकाशित | 706 views

काठमाडौँ । महिलाहरुले रजस्वला भएका बेला प्रयोग गर्ने प्याडमा कर लगाएको विरोधमा काठमाडौंमा बुधबार पनि प्रदर्शन भएको छ ।

बसन्तपुरमा महिलाहरुको एक समूहले प्याडमा लगाएको कर हटाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले सक्छौ प्याड निशुल्क गर नभए कर निशुल्क गर, महिनावारी रहर होइन बाध्यता हो, प्याडमा कर नलेऊलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web