त्रिशूली । सार्वजनिक यातायातका साधनको भाडा बृद्धिको मागगर्दै नुवाकोटमा सञ्चालनमा रहेका यातायातहरु आज मंगलबार देखि खुलेको छ । आज जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा बन्द गरेको गाडी खुलाउन यातायत व्यावसायी सहमत भएको हो । बढेको भाडा कार्यान्वयन गराउन बागमति प्रदेश सरकारलाई पत्राचारदेखि ध्यानाकर्षण समेत गराउने निर्णय सहित बन्द रहेको गाडी सुचारु गर्नको लागी व्यावसायी सहमत भएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभएको छ । उहाँको पहलमा आह्वान गरिएको सर्वपक्षीय, सर्वदलीय बैठकमा सहभागी भएका व्यवासयीले बढेको भाडा कार्यान्वयन नभएसम्म गाडी नचलाउने अडान राखेपनि अहिलेको दशै पर्वको समयमा यात्रुलाई प्रत्यक्ष असर पुगेको भन्दै मागको सम्बोधनको लागी सबै पक्षले साथ दिने प्रतिबद्धता सहित गाडी खुलाउनको सहमति जुटेको हो ।
गाडी खुल्ने निर्णय भएसगैँ बन्द रहेका गाडीहरु सञ्चालनमा आइसकेको नमस्ते पासाङ ल्यामु यातायात प्रालीका कार्यालय सचिव हरीप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।
21.06¡ÆC