प्रतिनिधि सभाको बैठक बस्दै

अशोज १९, २०७८ मा प्रकाशित | 391 views

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाही सञ्चालन गर्दै आउनुभएको छ । आज पनि सदनमा एमालेले विरोध गर्ने सम्भावना छ ।

आफूले कारबाही गरेका १४ सांसदकाे सूचना सभामुखले नटाँसेको भन्दै एमालेले नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web