ठगीको आरोपमा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ

अशोज १९, २०७८ मा प्रकाशित | 436 views

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ । उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । ठगी तथा निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सीआइबीले सोमबार साँझ पक्राउ गरेको हो ।

सीआइबीका प्रमुख धीरजप्रताप सिंहकाअनुसार ७० जनाले निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेका थिए । सीआइबी हिरासतमा रहेका तामाङले प्रारम्भिक बयानमा आफूले उक्त रकम तिर्ने बताएका छन् । उनी दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसद भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web