एमसिसीको जग्गा विप्लव नेतृत्वको नेकपा माओवादीको कब्जामा

अशोज १८, २०७८ मा प्रकाशित | 1011 views

रातमाटे । मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमसिसी कार्यक्रम मार्फत प्रशारण लाइनको सवस्टेशन बनाउन नुवाकोटको रातमाटेमा अधिग्रहण गरिएको जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कब्जा गरेको चेतावनी दिएको छ ।
स्थानीयबासी अर्थात जग्गा अधिग्रहण गर्नुअघिका जग्गाधनीको साथ लिएर नेकपा माओवादीले
आज बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेवफाँटमा हँसिया हथौडा अंकित पाटीको झण्डा गाढेर बिरोध प्रदर्शन गरेको हो । एमसिसीमा दुई देशबीच कार्यक्रम सञ्चालनको लागी स्वीकृत हुन बाँकी रहदै जग्गा अधिग्रहण गरेर कार्यक्रम अघि बढाउन नपाउने भन्दै अधिग्रहण गरिएको जग्गा स्थानीयबासीलाई नछाड्न र खेतीकिसान कायमै राख्न आग्रह गर्दै पाटी झण्डा गाढेर बिरोध प्रदर्शन गरिएको नेकपा माओवादीका नुवाकोट सेक्रेटरी श्रृजनले जानकारी दिनुभएको छ । उहाँको अनुसार नेकपा माओवादीको नुवाकोट रसुवाको इञ्चार्ज बिन्दु सहित करीब ५० जना कार्यकर्ताले आज जग्गा अधिग्रहण गरिएको क्षेत्रमा गएर बिरोध प्रर्दशन सहित नियन्त्रणमा लिएको घोषणा गरिएको हो ।
एमसिसि कार्यक्रम सञ्चालनको लागी अन्योल कायमै रहेको समयमा नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको शवस्टेशनको काम भने नेपाल सरकार मार्फत अघि बढाइएको छ । बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेमा शवस्टेशन निर्माणको लागी आवश्यक तयारी सहित करीब ३८५ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ ।
अमेरिकी अनुदानमा निर्माण गर्न लागिएको त्रिदेशीय प्रशारण लाइनको रुपमा काठमाडौबाट ल्याउन लागिएको चारसय केभी डबल सर्किट प्रशारण लाइन निर्माणको लागी सर्वेक्षण र शवस्टेशनको लागी आवश्यक पूर्व तयारी सम्पन्न भएको छ ।
काठमाडौको लप्सेफेदी हुदै नुवाकोट आउने प्रशारण लाइन शिवपुरी गाउँपालिकको वडा नं .१, ३, ५, ७ र ८ पञ्चकन्याको ५, लिखुको ६, ५ र ३ हुदैँ बेलकोटगढीको १२, १०, ९, ८ र ६ हुदै रातमाटे स्थित ७ नं. मा पु¥याउन लागिएको छ ।
रातमाटेमा रहने शवस्टेशनपछि बेलकोटगढी नगरपालिकाको वडा नं. ५ हुदै एक लाइन धादिङबाट हेटौडातर्फ जानेछ भने अर्को लाइन तारकेश्वर गाउँपालिकाको वडा नं. ४ र २ हुदै धादिङबाट तनहुँ तर्फ जाने प्रारम्भिक सर्वेक्षणमा देखिएको छ ।
नुवाकोटमा करीब ५५ किलोमिटर हुने प्रशारण लाइनको लागी ६१ वटा खम्बा निर्माण गर्नुपर्ने सर्वेक्षणमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web