स्थापना दिवसको अवसरमा रेडक्रस नुवाकोटबाट विपद् प्रतिकार्य सामाग्रि हस्तान्तरण

अशोज १८, २०७८ मा प्रकाशित | 607 views

त्रिशूली । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले विपद प्रतिकार्य सामाग्रि हस्तान्तरण गर्दै ४४औँ स्थापना दिवस मनाएको छ । मानव सेवाको लागी अन्तराष्ट्रिय प्रतिष्ठित सँस्था रेडक्रस नुवाकोट शाखाको स्थापना भएको ४४औँ वर्षको अवसरमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई विपद् प्रतिकार्य सामाग्रिहरु हस्तान्तरण गरिएको हो ।
नुवाकोटमा हुन विपद्को लागी परिचालन हुनको लागी तथा सञ्चार आदानप्रदानको लागी स्थापना भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको लागी स्थापना दिवसको अवसरमा नुवाकोट जिल्ला शाखाले विभिन्न २९ वटा अत्यावश्यक सामामाग्रिहरु जिल्ला शाखाका कार्यबहाक सभापति निरञ्जनप्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई प्रशासन कार्यालय आयोजित एक कार्यक्रमको बीच हस्तान्तरण गर्नुभएको हो ।

May be an image of outdoors

प्राप्त भएको सामाग्रिहरु जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत जिल्लाको सुरक्षा निकायहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्को प्रतिकार्यको लागी प्रयोगमा ल्याउनको लागी सहयोग पुग्ने् प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार विपद्को समयको लागी जुनसुकै समयमा तयारी अबस्थामा रहनुपर्ने, त्यसको लागी जनशक्तिको साथै साधन र श्रोतको समेत अत्याश्वक रहेकाले रेडक्रस मार्फत उपलब्ध गराईएको सामाग्रिले बाढी–पहिरो–आगलागी, भूकम्प लगायतबाट सिर्जित विपद्मा उद्धार र नियन्त्रणको लागी सहयोग पुग्ने विश्वास लिइएको बताउनुभएको छ ।

May be an image of one or more people and outdoors

सामाग्रि हस्तान्तण कार्यक्रममा रेडक्रस जिल्ला शाखाका मन्त्री हरि श्रेष्ठ, उपमन्त्री सिता वाईवा, उपकोषाध्यक्ष उद्धव शर्मा रिजाल, रेडक्रस नुवाकोट शाखा मार्फत सञ्चालनमा रहेको प्रिपियर कार्यक्रमका कार्यक्रम संयोजक मधुसुदन थापा लगायतको उपस्थिती रहेको थियो । स्थापना दिवसको अवसर बनाई रेडक्रस नुवाकोटले आजै जिल्ला प्रहरी कार्यालय नुवाकोटको लागी पनि २५ थान कम्बल उपलब्ध गराएको छ । विपद्को सूचना प्राप्त हुने वित्तिकै उद्धारमा परिचालन हुने प्रहरीले प्रभावितको लागी छिट्टो उद्धार सामाग्रि पुराउने उद्देष्यले २५ थान कम्बल रेडक्रसका कार्यबाहाक सभापति निरञ्जनप्रसाद आचार्यले जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले प्रिपियर कार्यक्रम सञ्चालन भैरहेको किस्पाङ गाउँपालिकाको वडा नं. १ र ३ मा गठन गरेको चारवटा विपद् प्रतिकार्य समिति, त्यहाको वडा नं .१ र ३ को वडा कार्यालय, किस्पाङ गाउँपालिका सहित जिल्लाको १२ वटैँ स्थानीयतहको लागी पनि विपद प्रतिकार्य सामागिहरु हस्तान्तरण गर्दै आएको छ ।
त्यस अन्तरगत चार स्थानीयतहको लागी सामाग्रि उपलब्ध गराउन बाँकी रहेकाले दशै लगत्तै उपलब्ध गराउने लक्ष्य रहेको रेडक्रस जिल्ला शाखाका सामुदायिक प्रशिक्षक समुन्द्रवाबु अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web