तीन बुँदे सहमति कार्यान्वयन गर्न विप्लवको माग

अशोज १८, २०७८ मा प्रकाशित | 424 views

काठमाडौँ । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन: ध्यानाकर्षण गराएका हुन् ।

विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

आफ्नो पार्टी सहमती कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्दै विप्लवले भनेका छन्, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबितिकै आफूले तीन बुँदै सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै विप्लवले तीन महिनासम्म पनि कार्यकर्ता रिहा नहुनुले आशंका जन्माएको उल्लेख गरेका छन् ।

विप्लवले नयाँ सरकार बन्ने बित्तिकै सत्ता गठबन्धका प्राय: सबै नेतालाई समेत भेटेर तीन बुँदे कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने र विप्लवले शान्तिपूर्णरुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web