कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

अशोज १८, २०७८ मा प्रकाशित | 407 views

काठमाडौँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ ।

धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । अब पाँच जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ ।

बारा, पर्सा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यता विवाद मिलाउन बाँकी रहेको र विवाद लगभग टुङ्गिन लागेको उहाँले बताउनुभयो । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गएको शनिवारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।

१२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी छ । कांग्रेसले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँअघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने र हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । कांग्रेसको १४ औँ महाधिवेशन आउँदाे मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web