कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा शाक्य निर्वाचित

अशोज १८, २०७८ मा प्रकाशित | 410 views

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणनाका क्रममा सात सय ८६ मत ल्याएर शाक्य निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले तीन सय २९ मत ल्याए । अन्य पदाधिकारीतर्फ समेत शाक्यको प्यानल नै विजयी भएको छ ।

उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुसन बैद्य र पुरुषोतम खकुरेल विजयी भएका छन् । त्यस्तै सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

शाक्यको जितसँगै महानगरमा कांग्रेस संस्थापन इतर (प्रकाशमान सिंह–गगन थापा) समूहले बाजी मारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web