एमाले विधान महाधिवेशन सकियो, दशौँ महाधिवेशन बुटवलमा गर्ने

अशोज १७, २०७८ मा प्रकाशित | 542 views

काठमाडौँ । ललितपुरकाे गाेदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा गएकाे शुक्रवारदेखि सुरु भएकाे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम राष्ट्रिय विधान महाधिवेशन आज आइतवार सकिएकाे छ ।

एमालेको पार्टी विधानअनुसार विधान महाधिवेशनले निर्वाचन आयोगको नेतृत्व गठन गरेकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय समिति प्रस्ताव गर्नुभएको हाे । याे प्रस्तावलाई विधान महाधिवेशनकाे हलले सर्वसम्मत रूपमा पारित गरेको हो ।

एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष सुब्बासहित महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल, टङ्क उप्रेती, सुमित्रा बीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमकला गैरे सदस्यमा रहेका छन् ।

यसैबीच विधान महाधिवेशनमा एमालेले पार्टीको एप्स सहित नयाँ लाेगाे पनि सार्वजनिक गरेको छ । एमालेको एप्समार्फत पार्टी सदस्यताका लागि निवेदन फारम, नवीकरणदेखि पार्टीका सबै गतिविधि पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

यस्तै एमालेको दशाैँ महाधिवेशन आउँदाे मङ्सिर १०–१३ गतेसम्म बुटवलमा हुने भएको छ । विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति र ठाउँ घाेषणा गर्नुभएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web