एमाले विधान महाधिवेशनमा पत्रकारलाई पनि प्रवेश अनुमति

अशोज १७, २०७८ मा प्रकाशित | 512 views

काठमाडौँ । विधान महाधिवेशनको हलमा आज पत्रकारहरुलाई पनि प्रवेश गर्न दिइने नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ११ बजेदेखि पत्रकारहरुलाई पनि महाधिवेशन हलमा प्रवेश दिइने जानकारी दिएका हुन् ।

विधान महाधिवेशन प्रतिनिधिको रुपमा एमाले निकट पत्रकारहरु शुरुदेखि नै सहभागी छन् ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web