आईपीएलमा राजस्थानले चेन्नईलाई हरायो

अशोज १७, २०७८ मा प्रकाशित | 616 views

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।

आबुधाबीमा गएराति भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भयो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका शिवम दुवेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन जोडे ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले एक सय एक रनको शतकीय पारी खेले ।

राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए । जितसँगै राजस्थानले १२ खेलमा १० अङ्क जोडेको छ । राजस्थान छैटौं स्थानमा छ । समान खेलमा १८ अङ्क जोडेको चेन्नई शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web