आईपीएलमा पञ्जाबले कोलकातालाई ५ विकेटले हरायो

अशोज १६, २०७८ मा प्रकाशित | 371 views

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको छ ।

गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

पञ्जाबको जितमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय इनिङ्ग्स खेले । मायाङ्क अग्रवालले ४० रन जोड्दा शाहरुख खानले अविजित २२ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web