ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

अशोज १५, २०७८ मा प्रकाशित | 462 views

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई वटा खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स खेल्नेछन् । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ । विराटनगरले अघिल्ला दुई खेलमा हार बेहाेरेकाे थियो ।

यस्तै दिउँसो साढे एक बजे पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा छ । चितवनले अघिल्ला दुवै खेल जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web