आईपीएलमा चेन्नईले हैदराबादलाई ६ विकेटले हरायो

अशोज १५, २०७८ मा प्रकाशित | 364 views

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । जितसँगै चेन्नई प्ले अफमा प्रवेश गरेको छ ।

हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए । फाप डु प्लेसिसले ४१ रन जोड्दा मोइन अलिले १७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web