भैरहवा र ललितपुरबीचको खेल ‘टाइ’

अशोज १४, २०७८ मा प्रकाशित | 443 views

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीचको खेल राेमाञ्चक बराबरी ‘टाइ’ भएको छ ।

ललितपुरले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनाएपछि खेलमा बराबरीमा भएको हो । निकै राेमाञ्चक बनेकाे खेलमा इनिङ्सकाे अन्तिम बलमा शरद भेषवाकरले छक्का प्रहार गरेपछि खेलमा बराबरी भएकाे हाे ।

खराब प्रकाशका कारण सुपर ओभर नभएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । भैरहवाका लागि उपुल थारङ्गाले अविजित ६७ रन बनाए । त्यस्तै कुशल मल्लले ३५ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ बनायो । ललितपुरका लागि सन्दुन वीराकोदीले ५८, अजमतुल्लाह ओभरजाईले ४२ र सन्दीप जोराले ३८ रन बनाए ।

आजको जितसँगै भैरहवा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web