१६ दिनदेखि हराइरहेका युवक मृत भेटिए

अशोज १४, २०७८ मा प्रकाशित | 379 views

गुल्मी । गुल्मीको मालीका गाउँपालिकामा एक युवक १६ दिनपछि मृत अवस्थामा भेटिएका भेटिएका छन् । मालिका गाउँपालिका ७ घमिरका ३१ वर्षीय लेखनाथ पन्थी मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले बताउनुभयो ।

पन्थी गएको भदौ २८ गतेदेखि परिवारको सम्पर्कभन्दा बाहिर रहेको आफन्तले बताएका छन् । पन्थीको शव हिजो बुधवार घर नजिकै जङ्गलमा सडेको अवस्थामा स्थानीयवासीले फेला पारेको डीएसपी पाण्डेले बताउनुभयो । स्थानीयवासीले दिउँसोपख जङ्गलमा निहुरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पन्थी शारीरिक र मानसिक दुवै रूपमा अशक्त रहेका प्रहरीले जनाएको छ । पन्थीको शव आज पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको डीएसपी पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web