महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेश

अशोज १४, २०७८ मा प्रकाशित | 427 views

काठमाडौँ । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए ।

तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए । उनले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web