राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको परराष्ट्रमन्त्रीको दाबी

अशोज १४, २०७८ मा प्रकाशित | 606 views

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको बताउनु भएको छ ।

राष्ट्रसङ्घको ७६ औं महासभामा सहभागी भएर फर्किएपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले कोभिड-१९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा आफूले कुरा राखेको बताउनुभयो ।

भूपरिवेष्ठित देशको आर्थिक उन्नति, दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यबारे पनि कुरा गरेको मन्त्री खड्काले जानकारी दिनुभयो ।

राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो ।

मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web