नेता नेपालको स्वास्थ्यमा सुधार

अशोज १४, २०७८ मा प्रकाशित | 425 views

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

नेपाललाई ज्वरो आउनुका साथै खोकी लागेको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

नेता नेपालको उपचारमा वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दाससहितको टोली खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web