‘नुवाकोट-उर्लेनी’ सडकको शिलान्यास, राजनीतिकरण गरिएको भन्दै सूर्यगढीबाट बहिष्कार

अशोज १३, २०७८ मा प्रकाशित | 641 views

त्रिशूली । ‘नुवाकोटबाट बागेश्वर–लच्याङहुदै उर्लेनी–काल्चेदेखि मालाभञ्याङसम्म पुग्ने सडक खण्डको नौ किलोमिटर क्षेत्रको कोलोपत्रे गर्न आज शिलान्यास गरिएको छ । यसअघि देखि नै गाडी सञ्चालन हुदै आएको उक्त सडक खण्डको नौ किलोमिटरलाई यस आर्थिक वर्षको लागी कोलोपत्रे गर्न बजेट आएसगैँ आज बागमति प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबाट शिलान्यास गरिएको हो ।

नुवाकोटदेखि बागेश्वरको फलाटेसम्मको नौ किलोमिटर सडक खण्डको शिलान्यास गर्दै बागमति प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाँकी खण्डको लागी पनि प्रदेश सरकारले बजेट निकासा गरेर पूरा गर्नतर्फ लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बागेश्वरको फलाटे बजारमा आयोजित कार्यक्रममा पूर्वाधार विकास मन्त्री एंव नुवाकोटबाट प्रदेससभा सदस्यमा निर्वाचित केशवराज पाण्डेले बागमति प्रदेश सरकारले नुवाकोटको विकासको लागी सडक, सिचाई, खानेपानी, भ्यूटावर लगायतका पूर्वाधार विकासको लागी बजेटको अभाव हुन नदिई काम अघि बढाएको बताउनुभएको छ ।
बागमति प्रदेस सरकारले अघि बढाएको योजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउदै तोकिएको समयसीमा भित्र काम सम्पन्न गर्न र गुणस्तर सुनिश्चित गर्नको लागी भने निर्माण व्यवसायी तथा उपभोक्ता समिति र सरोकारवाला पक्षलाई पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले सचेत गराउनुभएको छ ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले कालोपत्रे गर्नको लागी शिलान्यास गरिएको सडक नुवाकोटको सूर्यगढी र तादी गाउँपालिका मात्रै नभई रसुवाको नौकुण्ड गाउँपालिकाको लागी समेत दैनिक जीवनको लागी मुख्य मेरुदण्ड भएको बताउनुभएको छ । सडकको विस्तारले नै जिल्लाको दुर्गम मानिएको लच्याङ, उर्लेनी र यहीबाट रसुवाको पारच्याङसम्म गाडी सञ्चालन गर्दै स्थानीयबासीको दैनिकी सहज बनाउन, यहाँको कृषि उब्जनीलाई बजार पुराउन र पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसारको लागी महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने कृषि राज्यमन्त्री बद्री मैनालीले बताउनुभएको छ ।
बागमति प्रदेस सरकार अन्तरगत पूर्वाधार विकास कार्यालय नुवाकोटले ठेक्का लगाएको सडकको अहिले नौ किलोमिटर कालोपत्रे गर्न लागिएको छ । ग्रामीण तथा कच्ची सडकको रुपमा अहिले पनि गाडी चल्दै आएको सडकमा कालोपत्रे गर्नको लागी कर सहित २० करोड २५ लाख रुपैयाँमा ‘रायमाझी–पि.एम–कान्तिपथ’ जेभी निर्माण व्यवसायीलाई ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख ओमकुमार शाहले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार गएको असारमा २५ मा सम्झौता भएको उक्त सडकको नुवाकोटदेखि फलाटेखण्डसम्मको नौ किलोमिटरमा १६ वटा ह्युम पाइप कल्भर्ट, आवश्यकता अनुसार माटो काट्ने, ग्याबिन पर्खाल बनाउने, प्लम कंक्रिट गर्ने सहित दायाँबाया साढे पाच मिटर चौडामा ३ सेन्टीमिटर मोटाइएको प्रिमिक्स कार्पेटको कालोपत्रे गर्ने गरेर ठेक्का लगाइएको छ ।
निमार्ण व्यवासायीलाई दिएको जिम्मेवारी २०८० सालको असारसम्ममा पूरा गर्न भनिएको छ । फलाटेदेखि मालाभञ्याङसम्मको सडकको कालोपत्रे गर्नको लागी आगामी वर्षमा बजेट बिनियोजनको प्रक्रियामा समावेश गराउने बागमति प्रदेश सरकारले जनाएको छ ।

कार्यक्रममा राजनीतिकरण गरिएका भन्दै सूर्यगढीले गर्यो बहिष्कार :
यसैबीच, ‘नुवाकोटबाट बागेश्वर–लच्याङहुदै उर्लेनी–काल्चेदेखि मालाभञ्याङसम्म पुग्ने सडक खण्डको नौ किलोमिटर क्षेत्रको कोलोपत्रे गर्न आज शिलान्यास गरिएको कार्यक्रममा राजनीतिकरण भएको भन्दै सूर्यगढी गाउँपालिकाले बहिष्कार गरेको छ ।
पूर्वाधार विकास कार्यालयले असोज १२ गते सूर्यगढी गाउँपापलिकाको अध्यक्ष सन्तबहादुर घलेलाई आज हुने शिलान्यास कार्यक्रमको अध्यक्षता ग्रहण गर्न पत्राचार गरे अनुसार कार्यक्रम स्थलमा पुगेका अध्यक्षलाई अतिथीको रुपमा मात्रै सम्बोधन गर्दैै पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेलाई नै कार्यक्रमको अध्यक्ष बनाएको भन्दै उक्त कार्यक्रमको सूर्यगढी गाउँपालिकाले बिरोध गरेको हो ।


पूर्वाधार विकास कार्यालयका प्रमुख ओमकुमार शाहले मन्त्री केशवराज पाण्डेले नै अध्यक्षता गर्ने भएकाले गाउँपालिकाको अध्यक्षलाई शिलान्यास कार्यक्रमको अध्यक्षता बनाउन नमिल्ने भन्दै राजनीतिक दबाबमा सूर्यगढी गाउँपालिका माथी अपमान गरेको र कार्यक्रममा राजनीतिकरण गरेको भन्दै गाउँ कार्यपालिका बैठकले आपत्ति जनाएको छ । कार्यपालिका बैठकले विकास निर्माण योजनाको शिलान्यास कार्यक्रममा नै राजनीतिकरण भएको भन्दै आगामी दिनमा योजना कार्यान्वयनमा थप राजनीतिकरण र अनियमितता लगायतका कैफियात हुनसक्ने भन्दै यसतर्फ खबरदारी कायम राख्ने भन्दै शिलान्यास कार्यक्रमको बहिष्कार गर्दै आपत्ति जनाउनुपरेको सूर्यगढी गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।

सूर्यगढी गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घलेलाई अध्यक्षता गरिदिन पूर्वाधार विकास कार्यालयले पठाएको पत्र :


पूर्वाधार विकास कार्यालयका प्रमुख ओमकुमार शाहले सञ्चारकर्मीलाई पनि मन्त्रीले नै कार्यक्रमको अध्यक्षता गर्ने भनेर इच्छा देखाएको र प्रदेस सरकारको योजना तथा कार्यक्रम भएकाले पालिका प्रमुखलाई अतिथीको रुपमा कार्यक्रममा सहगभागी हुन आग्रह गर्दा गरिएको बहिष्कार स्वभाविक नभएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web