काठमाडौं । कीर्तिपुरको आइसोलेसन सेन्टरबाट फरार भएका लागुऔषध कसुरका अभियुक्त पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले कालिमाटीबाट १९ वर्षीय राहुल तामाङलाई पक्राउ गरेको गरेको डीएसपी ठाकुर पोखरेलले बताए ।
मंगलबार अपरान्ह अभियुक्त तामाङ कीर्तपुरको आइसोलेसन सेन्टरबाट फरार भएका थिए । यसअघि प्रहरीले लागु औषध कसुरमा महानगरीय प्रहरी वृत थानकोटबाट तामाङलाई पक्राउ गरेको थियो ।
24.59¡ÆC