ललितपुरमा विशेष कला प्रदर्शनी

अशोज ११, २०७८ मा प्रकाशित | 2975 views

ललितपुरमा विशेष कला प्रदर्शनी

ललितपुर । पर्यटन दिवसको अवसरमा ललितपुरमा विशेष कला प्रदर्शनी सुरू भएको छ । ललितपुर महानगरपालिका हस्तकला प्रवर्द्धन समिति र पर्यटन प्रवर्द्धन समिति वडा नं ६ को आयोजनामा ओकुबहालमा विशेष कला प्रदर्शनी सञ्चालन भएको हो ।

विशेष कला प्रदर्शनीमा दिवङ्गत भइसकेका सिद्धहस्त तथा मूर्धन्य कलाकारहरूको दुर्लभ शास्त्रीय कला, ६० वर्षभन्दा माथिका वरिष्ठ कलाकारहरूको शास्त्रीय कलाकृति तथा लोपोन्मुख दैनिक जीवनसँग प्रेरित रेखा चित्रकला राखिएका छन् ।

लोपोन्मुख प्रविधि, पाैराणिक ऐतिहासिक कला, संस्कृति, एवम् जीर्ण सम्पदाहरूको संरक्षण तथा विकास योजना तर्जुमा गर्नका लागि सहयोग होस् भनेर मेलाको आयोजना गरिएको मेलाका प्रचार प्रसार संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धर्मराज शाक्यले बताउनुभयो।

आज सोमवार सुरु भएको कला प्रदर्शनी पर्सि बुधवारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web