चितवन र भैरहवाबीचको खेल स्थगित

अशोज ११, २०७८ मा प्रकाशित | 913 views

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा आज सोमवारकाे भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । त्रिवि मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण खेल स्थगित भएको हो ।

यसअघि काठमाण्डाै किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियाे ।

मैदान भिजेका कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित गरिएको हो ।

बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाएपछि खेल स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web